रिहा भए रेशम, थुनिए अधिकृत – Kanika Khabar
Saturday, June 13Nepali News Portal

रिहा भए रेशम, थुनिए अधिकृत

    मा प्रकाशित

काठमाडौँ, १७ वैशाख ।
सर्वोच्च अदालतको अनाधिकृत पत्रले कारागार पुगेका रेशम चौधरी रिहा भएका छन्।

बुधबार दिउँसो सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन भन्दै पत्र लेखेपछि प्रहरीले चौधरीलाई पार्टी एकताको कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो।

उक्त पत्र नै अनाधिकृत रहेको पुष्टि भएसँगै सर्वोच्चले अर्को पत्र लेखेर रेशमलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त पत्रपछि चौधरी रिहा भएका हुन्।

चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने अधिकृत आफैं पक्राउ परेका छन्। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्