
काठमाडौँ, १७ वैशााख ।
सरकार र आन्दोलनरत शिक्षकहरूबिच बुधबारको वार्ता सकारात्मक भएसँगै शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ । वार्ता सकारात्मक भएपछि आन्दोलन रोक्ने सहमति भएको स्रोतले जनाएको छ ।
सरकार र महासंघबिच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ । बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए ।
सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन् ।
यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो । सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ । सहमतिका ब्ँदा मन्त्रिपरिषद्बाट निर्णय भएपछि सार्वजनिक गरिने बताइएको छ ।


