असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित हुने – Kanika Khabar
Saturday, June 27Nepali News Portal

असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित हुने

    मा प्रकाशित


काठमाडौँ, १७ वैशाख ।
आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सत्तारुढ दलहरू सहमत भएका छन् । गत चैत २० गतेदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासिन राजनीतिक दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको हो ।

बुधबार शिक्षक महासंघ र सरकारबिच वार्तामा यस विषयमा सहमति भएपछि सत्तारुढ दलका प्रमुख सचेतक र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिले संयुक्त हस्ताक्षर गरेर विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

शिक्षकहरू ०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित पेशागत आन्दोलनमा थिए । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति–समझदारीअनुसार माग सम्बोधन गर्न दलहरू सहमत भएका हुन् ।

494690557_1231198695182570_2087019064884416246_n-1746026206.jpg

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्