दाङ, २२ वैशाख ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ । प्रतिष्ठानले आर्थिक सङ्कट परेको भन्दै स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको हो ।
राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक सङ्कट परेको भन्दै प्रतिष्ठानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको प्रतिष्ठानले एक सूचना जारी गरी जनाएको छ ।
प्रतिष्ठानले जारी गरेको सूचनामा लेखिएको छ, ‘बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु रहने, इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुने ।’
यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुने छ ।
बीमा सेवा अन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ । प्रतिष्ठानका अनुसार छातीको एक्सरे, ईसीजी, एचआईभी, ब्लड ग्रुप लगायतका १२ प्रकारका प्रयोगशाला परीक्षण हुने छ ।को छ ।


