लुम्बिनीमा बन्दै दलित अधिकार ऐन – Kanika Khabar
Friday, June 12Nepali News Portal

लुम्बिनीमा बन्दै दलित अधिकार ऐन

    मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सरकारले दलित अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रियागत छलफल अघि बढाएको छ । दलित अधिकार सम्बन्धि विधेयकको प्रस्तावनालाई सामाजिक विकास मन्त्रालयले अघि बढाएको हो ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकार ऐन निर्माणका सम्बन्धमा छलफल गर्नुभएको छ । बिहीबार सामाजिक विकास मन्त्रालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजित छलफल कार्यक्रममा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली, लुम्बिनी प्रदेशसभा सदस्यहरू, मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

दलित समुदायको अधिकार सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको विधेयकको मस्यौदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ ।

छलफलमा सहभागीहरूले प्रस्तावित ऐनले दलित समुदायको जीवनस्तर उकास्न सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । साथै, सहभागीहरूले ऐनमा आवश्यक संशोधन र सुझावहरू समावेश गरिने गरी थप परामर्श आवश्यक रहेको धारणा समेत राखेका थिए ।

सामाजिक समावेशिता र न्यायसंगत समाज निर्माणको दिशामा लुम्बिनी प्रदेश सरकारले चालेको यो कदमप्रति सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्