राप्ती साहित्य परिषद्को कार्यसमितिले पायो पूर्णता – Kanika Khabar
Monday, July 14Nepali News Portal

राप्ती साहित्य परिषद्को कार्यसमितिले पायो पूर्णता

    मा प्रकाशित

दाङ, २७ वैशाख ।
राप्ती साहित्य परिषद्को केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । आज शनिबार बसेको बैठकले ११ सल्लाहकार तथा ६ सदस्य मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।
परिषद्का अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा बसेको बैठकले परिषद्को विधान अनुसार ११ सदस्यीय सल्लाहकार र ६ जना सदस्य मनोनित गरेको छ ।

परिषद्का सल्लाहकारमा नारायणप्रसाद शर्मा, डा. अमर गिरी, पुरुषोत्तम खनाल, डा. टीकाराम उदासी, उत्तमकृष्ण मजगैंया, पद्मप्रसाद शर्मा, पूर्ण भण्डारी ‘पङ्कज’, डी.बी. टुहुरो, गिरीप्रसाद बुढा, देवेन्द्र कुमार रिजाल, कमानसिंह विष्टलाई चयन गरिएको छ ।

त्यस्तै परिषद्को सदस्यहरूमा छविलाल कोपिला, हरिप्रसाद पाण्डे, गोबिन्द खड्का, सुनिल पोख्रेल, गजेन्द्र बहकरी र केशवराज रिजाललाई मनोनित गरिएको महासचिव आदिम के.सी.ले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्