एसइइ नतिजा एक हप्ताभित्रमा – Kanika Khabar
Saturday, March 22Nepali News Portal

एसइइ नतिजा एक हप्ताभित्रमा

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
शैक्षिक सत्र २०७६ को एसइइ नतिजा एकहप्तामा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइइ नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भईरहेको बोर्डले जनाएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंकलाई रुजु गरेर नतिजा प्रकाशन गरिनेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्