लमही बजारमा माक्स नलगाउनेमाथि प्रहरीद्वारा निगरानी – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लमही बजारमा माक्स नलगाउनेमाथि प्रहरीद्वारा निगरानी

    मा प्रकाशित

शरद सागर देवकोटा
लमही १४ साउन ।

दाङको लमही बजारमा माक्स नलगाउने माथि प्रहरीले निगरानी बढाएको छ । वडा प्रहरी कार्यालय लमहीले माक्स नलगाई हिँडडुल गर्नेलाई तुरुन्त माक्स किन्न लगाई प्रयोग गर्न लगाएको छ । लकडाउन खुलेसँगै सर्वसाधारणले स्वास्थ्य सुरक्षामा ध्यान नदिई जथाभावी हिँड्न थालेकोले प्रहरीले यस्तो कदम चालेको हो । प्रहरीले चेकजाँचको क्रममा बाटो हिँड्ने सर्वसाधारण र सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रीले माक्स गोजीमा हालेर हिड्ने गरेको बताइएको छ । प्रहरीले माक्स खाई ? भनेपछि गोजीबाट झिकेर लाउने गरेको प्रहरीले बताएको छ । कोरोना भाइरस अब सिधै समुदायमा सर्ने चेतावनी विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि दिएको छ । कोराना भाइरस समुदायमा सर्न नदिन प्रहरी प्रशासनले यो कदम चालेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्