आमाको सम्झनामा संविधानविद् आचार्यको ‘सम्झिरहे रातैभरि…’ सार्वजनिक (भिडियोसहित) – Kanika Khabar
Tuesday, August 11Nepali News Portal

आमाको सम्झनामा संविधानविद् आचार्यको ‘सम्झिरहे रातैभरि…’ सार्वजनिक (भिडियोसहित)

    मा प्रकाशित

काठमाडौँ, २५ जेठ ।
अर्जुन मिलनको नाममा साहित्यिक र साङ्गीतिक सिर्जना गर्दे आएका संविधानविद् डा.भीमार्जुन आचार्यले आमाको सम्झनामा ‘सम्झिरहे रातैभरि….’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । आज जेठ २५ गते आमाको स्मृतिमा आफ्नै शब्द, संगीत र स्वर रहेको ‘सम्झिरहेँ रातैभरि..’ बोलको गीति भिडियो सामाजिक सार्वजनिक गरेका हुन ।

आमाको महत्व र मायामा समर्पित आचार्यको गीतमा आमाको अभावमा सन्तानले भोग्ने पीडाका भाव समेटिएको छ । आमाको शक्ति, सन्तानका लागि प्रेरणा, आशा र भरोसाका साथै आमाको साथमा हुँदाका सुखद् क्षण तथा आमाको अभावमा सन्तानको शारीरिक तथा मानसिक छटपटीलाई गीतमा समेटिएको छ ।

अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिल र इमोसनबाट एउटा जीवन्त गीतको जन्म हुन्छ र त्यस्तो गीत नै आफैमा गीत हुन्छ भन्ने मत राख्ने आचार्यका ‘मौनताको सहर’, ‘सजिलो हुदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत’ गरी चारओटा गीति एल्बम यसअघि सार्वजनिक भइसकेका छन ।

सबैले देशबाट, हिमालका कुरा गर्यौ, हासो कता भाग्यो कुन्नी, ढिंडो भए हुन्छ मलाई, मौनताको सहरमा, कसरी भनू तिमीलाई, फेरि आज यो मनमा, जित्नेलाई मिठो जीवन, मानिसको जिन्दगी यो, एउटा जीवन हॅु म, एकान्तमा आँसु बन्दै, आफैसँग बिरानो म, जीवन हो लामो बाटो लगायतका उनका गीत चर्चामा रहेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्