चार दिनमा सय करोड क्लबमा हाउसफुल- ५ – Kanika Khabar
Monday, July 14Nepali News Portal

चार दिनमा सय करोड क्लबमा हाउसफुल- ५

    मा प्रकाशित

काठमाडौँ । बलिवुडको साजिद नाडियाडवालाको बहु-स्टारर फिल्म ‘हाउसफुल ५’ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ ।

एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको चार दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ । शुक्रबार रिलिज भएको यस फिल्मले चार दिनमा १०४ करोड ९८ लाख भारु कमाई गरेको हो ।

फिल्मले रिलिजको पहिलो दिन २४ करोड ३५ लाख कमाई गरेको हाउसफुल- ५ ले दोस्रो दिन ३२ करोड ३८ लाख, तेस्रो दिन आइतबार ३५ करोड १० लाख र चौथो दिन सोमबार १३ करोड १५ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यद्यपी ठुलो स्टारकाष्ट भएको हाउसफुल-५ को यस कमाईलाई औसत भनेका छन् ।

‘हाउसफुल ५’ मा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, संजय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्रांगदा सिंह पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म तरुण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाले निर्माण गरेको हो ।

३०० करोडको ठूलो बजेटमा बनेको हाउसफुल ५ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ हाउसफुल ५ ले आफ्नो अघिल्ला भागहरूको सफलतालाई जित्न सक्छ या सक्दैन भन्ने कौतुहलता रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्