कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर

साउन १५, कालिकोट ।

कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर–६ बुढागाउँका ६० वर्षका पर्शुराम संज्याल र २८ वर्षका तारा संज्यालको मृत्यु भएको हो । आज बिहान खानेपानीको विग्रिएको पाइपलाइन बनाउने जाने क्रममा लालिखोला गएको बेला पहिरोमा परी मृत्यु भएको हो ।

एसएसपी बास्तोलाका अनुसार पर्शुराम संज्याल पहिरोमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएका तारा संज्यालको भने शव निकालिएको प्रहरीले जनाएको छ । हिजो मात्रै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका सात जनासहित नौ जनाको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्