राप्ती मोडर्न एकेडेमीमा विज्ञान र व्यवस्थापन – Kanika Khabar
Monday, July 14Nepali News Portal

राप्ती मोडर्न एकेडेमीमा विज्ञान र व्यवस्थापन

    मा प्रकाशित

May be an image of 1 person and text that says 'Rapti Modern Academy Ghorahi -16 Dang Estd.2053 Under the Management pRapli Engineering Colloge RAPTI MODERN ACADEMY Ghorahi Sub-Metropolitan City-16 Sarra, Dang Your Journey Starts Here ADMISSION +2 OPEN SCIENCE MANAGEMENT THET MATHEMATICS Contact RAPTI ENGINEERING COLLEGE Ghorahi-16 Saniambapur Sarra, Dang 9857835990, 9851232328, 9857837259, 9857837256, 9857831684 raptimodernacademy@gmail.com'दाङ, १६ असार ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको राप्ती मोडर्न एकेडेमीले कक्षा ११ सञ्चालन गर्ने भएको छ । एकेडमीले शैक्षिक सत्र २०८२ देखि कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूह सञ्चालन गर्ने भएको हो ।
राप्ती मोडर्न एकेडेमीका प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले घोराहीको पश्चिमी भूभागलाई मध्यनजर गर्दै विद्यालयले यस वर्षदेखि विज्ञान र व्यवस्थापन समूह सञ्चालन गर्न लागेको बताए । उनले बस्ती र भूगोलको आर्थिक अवस्थालाई बुझेर सुविधायुक्त भौतिक संरचनाबाट सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश रहेको बताए । विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि अनुभवी तथा दक्ष शिक्षकहरूको सहभागितामा आधुनिक प्रविधिको प्रयोग, स्मार्ट कक्षाको व्यवस्था, अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय र इ–लाइब्रेरीसहितको हरियाली वातावरण, खेलकुद र अतिरिक्त क्रियाकलापमा प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

निर्देशक गिरीले दीर्घकालीन योजना अन्तर्गत यस एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई राप्ती इञ्जिनियरिङ कलेजमा सञ्चालित विई सिभिल, विई कम्प्युटर, बिसिए र बिबिए कार्यक्रममा सहुलियतमा भर्ना गरी अध्ययन गराइने बताए । उनले राप्ती इञ्जिनियरिङ कलेजको व्यवस्थापनमा स्थापना गरिएको यस विद्यालयलाई जिल्लाकै फरक, उत्कृष्ट र नमूना विद्यालय बनाउने समेत बताए ।

राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल तथा राप्ती मोडर्न एकेडेमीका सञ्चालक रेशम गिरीले विषय प्रवेश गराउँदै विद्यार्थी र अभिभावकको अपेक्षा अनुसार सुरु गर्न लागिएको बताए । उनले यो विद्यालयले गुणस्तरीय शिक्षा, जिम्मेवार भविष्य भन्ने मूल मन्त्रकासाथ दक्ष, जिम्मेवार र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । एसइईमा उत्कृष्ट नतिजा ल्याउने, जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको समेत उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्