खुलित्त – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

खुलित्त

    मा प्रकाशित


भावीले हलो लगाउन बिर्सिएर
उजाडिएर खुइलिएको यो खप्पर भित्र
उकुसमुकस भई गुजुल्टिएका
दिमागी अमाशयका यी लादीहरु
निचोरेर बाहिर निकाली
भावशून्यताको सन्नाटाभित्र
बयेली खेल्दै
नियतीलाई लोप्पा खुवाउन
हनुमानको गदा र थोरको हथौडाले
खप्पर फुटाएँ, कच्रघान
मुजा परेको मगजलाई
जाँड छान्ने छन्निले छानी
मगजरसपान गरेँ
छोक्रा जति मिल्काइदिएँ रछ्यानमा
कस्तो विडम्बना,
मेरो झुपडीको करेसामा
र्याल चुहाईरहने लुते कुकुरले पनि
चाट्न चाहेन ती मगजी छोक्राहरु

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्