पहल थिएटरको सिलन्यास – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

पहल थिएटरको सिलन्यास

    मा प्रकाशित

घोराही । दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्र तथा नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा घोराहीमा जिल्लामा पहिलो पटक थिएटर निर्माण हुन थालेको हो ।

दाङमा नियमित नाटक मञ्चन परम्परासँगै साहित्यिक गतिविधिलाई अघि बढाउने गरी घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रको नजिकै पहल थिएटरको निर्माण सुरु गरिएको नाट्यकर्मी केएल बुढाथोकीले जानकारी दिएका छन् । दुई दशक बढी समयदेखि चलचित्र तथा नाट्य क्षेत्रमा संलग्न बुढाथोकीले थिएटरलाई कलाघरका रुपमा विकास गरिने बताए । उनका अनुसार नाटक मञ्चनसँगै अभियानमा रुचि राख्नेहरुलाई सिक्ने थलोका रुपमा विकास गरिने छ ।

करिव डेढ सय दर्शक अट्ने थिएटर तीनदेखि पाँच महिनाको अवधिमा निर्माण भइसक्ने नाट्यकर्मी बुढाथोकीले जानकारी दिए । नेपाली मौलिकता झल्कने गरि थिएटर निर्माणको कामलाई अघि बढाइएको भन्दै उनले भने,‘अत्याधुनिकभन्दा पनि आफ्नै नेपाली मौलिकता झल्कने गरि वातावरणमैत्री सानो सुविधासम्पन्न थिएटर बनाउन लागेका छौ ।’ थिएटरको बरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले सोमवार सिलन्यास गरेका हुन ।

थिएटरको सिलन्यास गर्दै शर्माले साहित्य क्षेत्रको प्रमुख विधाका रुपमा रहेको नाट्य क्षेत्रको दाङमा विकासका लागि थिएटरले महत्वपूर्ण भूमिका खेल्ने बताए । पुराना नाट्यकर्मी समेत रहेका शर्माले भने,‘साहित्यको प्रमुख विधाका रुपमा रहेको नाट्य क्षेत्र ओझेलमा परेको जस्तो भएको थियो । त्यसलाई अघि बढाउनकालागि पहल थिएटरले सहयोग गर्नेछ ।’ कार्यक्रमको सहजीकरण पत्रकार सुदीप गौतमले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्