मा प्रकाशित
कनिका खबर
साउन १९, बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।
आज सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाले अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए । आज सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको हो ।