सरकारका जिम्मेवार व्यक्तिको असावधानीका कारण जेनजी पुस्ताहरूले ज्यान गुमाए : प्रधानमन्त्री कार्की – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

सरकारका जिम्मेवार व्यक्तिको असावधानीका कारण जेनजी पुस्ताहरूले ज्यान गुमाए : प्रधानमन्त्री कार्की

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारका जिम्मेवार व्यक्तिको असावधानीका कारण जेनजी पुस्ताहरुको ज्यान गएको बताएकी छिन् । विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै प्रधानमन्त्री कार्कीले तत्कालीन सरकारमा रहेकाहरुको बुद्धि नपुगेका कारण जेनजी पुस्ताहरुले ज्यान गुमाउनु परेको बताएकी हुन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता जनाइन्।

‘दुःखद घटना भयो। सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो। बच्चाहरूले पढ्ने कसरी? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं। उहाँहरूले मागेकै केही छैन। उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन। राज्यले फर्काएर त ल्याउन सक्दैन। राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो।’ प्रधानमन्त्री कार्कीले बताइन् ।

प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्