मा प्रकाशित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न आन्तरिक भाडा दर सार्वजनिक गरेको हो ।
आज शुक्रबार प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको छ ।



