मा प्रकाशित
विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
तमोर नदी क्षेत्रमा जीप खस्दा छ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट पाँचजनाको शव निकालिएको छ भने अर्को एउटा शव निकाल्ने तयारीमा छ ।
दुर्घटनामा मृत्यु र घाइते भएकाहरुको सनाखत हुन सकेको छैन ।


