काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी पश्चिमाहरुले थोपरिदिएको परिचय रहेको बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जेनजी नेपालका लागि पश्चिमाहरुले थोपरिदिएको परिचय रहेको बताएका हुन् ।
जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ पोखरेलले थपे, ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’
‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’, पोखरेलले भने ।
पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए ।
“अहिले हामी सरकारबाट बाहिरिएका छौँ । जनताको हृदयमा एमाले छ । जनताको हृदयबाट कसैले अलग गराउन सक्दैन,” उनले भने ।
पोखरेलले जेनजी युवाहरूको क्षतिको भर्पाई एमालेले लिने पनि बताए । “हामी हाम्रा नवयुवाको क्षतिको भर्पाई लिन तयार छौँ । नवयुवाको हत्याका नाममा राष्ट्रविरुद्धको विप्लव गरियो,” उनले भने ।
उनले सरकारले गठन गरेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पहिलेको अभिव्यक्ति सुन्दा निष्पक्ष छानबिन हुन सक्छ ? भन्ने प्रश्न पनि गरे ।
पोखरेलले भने, ‘सरकारबाट हामी हट्नुपर्यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौँ। हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ। जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’
‘


