आईपीएलद्वारा चिनियाँ कम्पनीसँगको प्रायोजन सम्झौता रद्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएलद्वारा चिनियाँ कम्पनीसँगको प्रायोजन सम्झौता रद्द

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ ।
पछिल्लो समय भारत र चीनबीच विवाद बढ्दै गएपछि आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगको प्रायोजन सम्झौता रद्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच बढेको तनावको कारणले भारतमा चिनियाँ सामानहरुको वहिष्कार अभियान नै चलिरहेको बेला बीसीसीआईलाई पनि भिभोसँगको संझौता तोड्न चर्को दवाव परेको थियो ।
भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग दुई हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो ।
यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ ।
चिनसँगको तनावकै कारण गोप्य सूचना चुहिने खतरा रहेको बताउँदै भारतले यसअघि चिनियाँ एप्लिकेशन टिकटकमाथि समेत प्रतिबन्ध लगाइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्