नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो – Kanika Khabar
Friday, March 21Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका दुई जनाको आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिए । उनले पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या २१ हजार ३ सय ९० पुगेको बताए । उनले पछिल्लो २४ घन्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएको र नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको पनि बताए । यस्तै हालसम्म नेपालका ७७ मध्ये ७ जिल्ला कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्