ज्ञानमालाकाे खेलकुद सप्ताह जारी – Kanika Khabar
Monday, December 8Nepali News Portal

ज्ञानमालाकाे खेलकुद सप्ताह जारी

    मा प्रकाशित
अदिति केसी
घाेराही, १३ मंसिर ।
घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन पनि विभिन्न प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न गरेकाे छ।
शुक्रबार भएका प्रतियोगिता अन्तर्गत ‘तातो आलु’ मा कक्षा नर्सरीतर्फ कायरा चौधरी  प्रथम, दिक्षान्त चौधरी द्वितीय र प्रिन्सिका घर्ती तृतीय भएकाछन्। यसैगरी एलकेजीतर्फ आहाना बि.क.  प्रथम, आरुस गिरी द्वितीय र कृषा रावत तृतीय भएकाछन् भने युकेजीतर्फ बिकिसा के.सी. प्रथम, चित्रा झाँक्री मगर द्वितीय र आभास पोख्रेल तृतीय भएकाछन् ।
कक्षा एकतर्फकाे ‘गणित दौड’ प्रतियाेगितामा केयान्सी सुनार  प्रथम, नबिता कालाथोकी  द्वितीय र माेनिका आग्री तृतीय भएकाछन् ।
कक्षा दुई देखि पाँचसम्मको छात्रातर्फकाे ४x१०० मिटर रिले दाैडमा कक्षा तीनकी शिखा ओली,  कक्षा चारकी कविता राना, कक्षा पाँचकी यशु चाैधरी, कक्षा एककी कृष्णा महर प्रथम, कृस्टिना बेलबासे, प्रशंसा बुढा, सिमरन बि.क., कामना पोख्रेल द्वितीय भएकाछन्। छात्रतर्फकाे साेही खेलमा कक्षा दुईका रिदम बिष्ट, आयुस चौधरी, पवन चौधरी, जनक डाँगी प्रथम भएकाछन्। त्यसैगरी प्रज्वल चौधरी, एरिक बस्नेत, युसन चौधरी, लक्ष्मण रोका मगरको समूह द्वितीय भएको छ। कक्षा चार र पाँचको बोरा दौडमा छात्रतर्फ माधव नेपाली प्रथम, शरद योगी द्वितीय, ऋषी बस्नेत तृतीय भएकाछन्। सोही खेलमा छात्रातर्फ कविता राना प्रथम, आरुसी चौधरी द्वितीय, एलिना महरा तृतीय भएकाछन्।
त्यसैगरी कक्षा छ र सातको  अन्तर्सदनात्मक ४x४०० मिटर रिले दौडमा  छात्रातर्फ अन्नपूर्ण सदनका सविना चौधरी, शान्ती नेपाली, करिना जि.सी., शिक्षा वि.क. प्रथम भएकाछन्। यसैगरी सगरमाथा सदनका अस्मिता चौधरी, निर्जला चौधरी, अनिता सुनार, स्वस्तिका बुढाथोकी द्वितीय भएकाछन्। सोही खेलमा छात्रतर्फ धौलागिरी सदनका शनिश के.सी., समीर सार्की, सोमपाल रोका, सफल चौधरी प्रथम भएकाछन्। सगरमाथा सदनका अभिषेक बि.क., समीर चौधरी, शैलेस पुन, अंकित चौधरी द्वितीय भएकाछन्।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्