आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

    मा प्रकाशित

कनिका खबर
साउन २२, काठमाडौं 
आजदेखि काठमाडौँसहित कोरोना सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै भएको जिल्लामा सञ्चालन हुने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । सक्रिय सक्रमितको सङ्ख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन् ।

जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् । अस्ति प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग गरेको परामर्शका क्रममा केहीले जोररबिजोर प्रणालीबाटै सवारीसाधन सञ्चालन गर्न सुझाव दिएका थिए । मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै पनि जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ । साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म काठमाडौँ उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न पनि गृहले भनेको छ । २ सयभन्दा बढी संक्रमित भएका जिल्लाका सहरी क्षेत्रमा समेत साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्न निर्देशन दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्