कनिका खवर
साउन २२, भक्तपुर ।
जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढ्न थालेको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा पुग्दा मालपोतको सेवा अस्तव्यस्त पाइएको छ । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीले सरकारले तोकेको मापदण्ड उल्लघंन गर्दै मुखमा मास्क समेत नलगाएको पाइएको छ । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम नगरिएको तथा कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्न सक्ने अवस्था समेत नहुने गरी भिड देखिएको थियो । मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्विकार्दै मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्न समेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त बनेको बताए ।
मा प्रकाशित