बर्दियामा ५ दिनका लागि निषेधाज्ञा – Kanika Khabar
Friday, April 26Nepali News Portal

बर्दियामा ५ दिनका लागि निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २४, बर्दिया ।
पछिल्लो चरणमा समुदायमा कोरोना भाइरस सङ्क्रमण फैलन थालेपछि ५ दिनका लागि बर्दियामा निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

साउन २५ गते आइतबारदेखि २९ गते बिहीबार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ ।

बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्