पार्टीभित्रको संकट निकासका लागि तुरुन्त स्थायी कमिटीको बैठक बसौँ ः प्रवक्ता श्रेष्ठ – Kanika Khabar
Sunday, September 13Nepali News Portal

पार्टीभित्रको संकट निकासका लागि तुरुन्त स्थायी कमिटीको बैठक बसौँ ः प्रवक्ता श्रेष्ठ

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
पछिल्लो चरणमा सतहमा आएको नेकपाको विवाद मिलाउन नेताहरुलाई भ्याइनभ्याई भएको छ । दिनहुँजसो आन्तरिक छलफल, भेटवार्ता र परामर्शमा नेताहरु व्यस्त रहेका छन् । यसैबिचमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकटको निकासका लागि स्थायी समिति बैठक तुरुन्त सुचारु गरेर शीर्ष तह र सचिवालयमा गृहकार्य गर्न प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ(आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं । बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।”

प्रवक्ता श्रेष्ठले लेखेको स्टाटस जस्ताको तस्तै

म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं।

सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं। यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ ।

पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं ,ब्यक्तिको हार र जीतको बिषय होइन ।पार्टी , कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, बैचारिक,‬ ‪सैध्दान्तिक , राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं । ‬

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्