नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण

    मा प्रकाशित

कनिका खबर
साउन २५, दाङ ।
भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।
जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सरकारले तय गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजनालाई सहयोग पु¥याउन भारतले सहयोग स्वरुप भेन्टिलेटर दिएको हो ।
भेन्टिलेटर हस्तान्तरणको क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग पु¥याउन भारत प्रतिवद्ध रहेको पनि बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्