यस वर्ष गोसाइँकुण्ड मेला प्रभावित भए पनि आठ हजार भेटी संकलन – Kanika Khabar
Thursday, May 15Nepali News Portal

यस वर्ष गोसाइँकुण्ड मेला प्रभावित भए पनि आठ हजार भेटी संकलन

    मा प्रकाशित

कनिका खबर
साउन २६, नुवाकोट
कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणका कारण यस वर्ष गोसाइँकुण्ड मेला प्रभावित भएको छ । औपचारिक रुपमा मेलाको आयोजना नगरिए पनि तीर्थालु भने गोसाइकुण्ड पुगेका छन् । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइकुण्ड मेलामा हरेक वर्ष १० हजार भन्दा बढी तीर्थयात्रीले मेला भर्दै आएकोमा यस वर्ष मेला औपचारिक रुपमा आयोजना गरिएन । मेला प्रभावित भएपछि गोसाइकुण्डमा स्नान गर्न निकै कम तीर्थालु पुगेका छन् । यस वर्ष स्वस्फुर्त रुपमा गोसाइकुण्ड पुगेर एक हजार जना तीर्थयात्रीले मेला भरेका गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । बाहिरी जिल्लाबाट करिब सात सय तीर्थयात्री आएका र स्थानीय सहित एक हजार जनाले मेला भरेको समितिका अध्यक्ष सन्जिव डिएमले जानकारी दिनुभयो । औपचारिक मेला नभएपछि गोसाइकुण्डमा समितिले सेना र पुजारी पठाएर पुजाविधि गरेको थियो । सेनाको कालीजंग गणका सेना र पुजारी पठाएर पुजाविधि गरेर मेला समापन गरिएको डिएमले बताउनुभयो । तीर्थयात्रीबाट गोसाइकुण्डमा आठ हजार रुपैया भेटी संकलन भएको छ ।

यो वर्ष कोरोना भाइरसको त्रास, रसुवा प्रवेशमा कडाइ र मेला व्यवस्थापन नगर्ने जानकारी दिएका कारण तीर्थयात्री घटेका हुन् । कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी हजारौैं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् । रसुवाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् । मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौँ, काभ्रेपलाञ्चोक, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तिर्थालु, प्रकृतिप्रेमी, झाँक्री गोसाइँकुण्ड पुग्ने गर्दछन् । गसाइकुण्ड हिन्दु तथा वौद्द धर्म मान्नेका लागि महत्वपुर्ण तीर्थस्थल हो । काठमाडौं उपत्यकावाट मेलामा नेवार समुदायका धेरै अगुवा कुण्डमा स्नान गर्न जाने गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्