किन लेखे प्याब्सन सह अध्यक्ष डिके ढुङ्गानाले निजी स्कुलका सञ्चालकलाई चिठी ? – Kanika Khabar
Saturday, June 14Nepali News Portal

किन लेखे प्याब्सन सह अध्यक्ष डिके ढुङ्गानाले निजी स्कुलका सञ्चालकलाई चिठी ?

    मा प्रकाशित

प्रिय मित्रहरू,
नमस्कार!

विषय: चिन्ता नलिनू

वैकल्पिक सिकाइ अनलाइन, अफलाइन, रेडियो, टिभी जेमा हुन्छ पढाउनू । कामचाहिँ गरिराख्नू, दामचाहिँ अभिभावकसँग नमाग्नू मन्त्रालयले भनेको। तलब, बैकलाई किस्ता, घरभाडा, कर, बिजुली, पानी र टेलीफोनको भुक्तानी नरोक्नू, कोरोना त जनतालाई पो लाग्ने हो त स्कुल चलाउनेलाई नि लाग्छ र ? स्कुललाई भन्दा गाह्रो त वसदेश विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई छ रे त्यसैले अति प्रभावित क्षेत्रमा परेछ। स्कुल मध्यम प्रभावित मात्रै हो रे, तपाईंले पढाएका विद्यार्थीले रेमिट्यान्स पठाउदैनन अनि पैसा बिदेश पनि लादैनन! तपाईंले त कमाउने अनि देश बिगार्ने हो रे! केहि माननीय त यही मौका हो राष्ट्रियकरण गरौं भन्दै हुनुहुन्छ रे, आउनुहुन्छ होला चाबी बुझाईदिनू, जिम्मा लगाइदिनू ।

गत वर्ष भारतमा मात्रै ११ अर्ब गएछ अरु देश गएको त के बताउँ। राष्ट्रवादी चिन्तनमा स्वदेशीले भन्दा बिदेशीले नै लगेको ठिक हुन्छ रे। ५ महिना भयो, विद्यार्थी को हुन थाह छैन तै पनि स्कुल चै छ्न र जिम्मेवारी चाहिँ छ। स्कुल नभए यिनका दाल भात हेरौंला भन्न थाले, अति भो: नरहे बाँस न बजे बाँसुरी! चिन्ता नलिनू अरु धेरै काम छन, गरौंला ।

शुभेच्छुक
डिके ढुङ्गाना
निजी स्कुल सञ्चालक

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्