सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 18Nepali News Portal

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    मा प्रकाशित

सल्यान । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा भएको दुर्घटनामा अन्य १८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको हो ।

शनिबार साँझ नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरण अनुसार दुर्घटनामा परी तीन जनाको ज्यान गएको र घाइते १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्