मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ? – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

    मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णय बारे जानकारी दिदै   सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको बताए ।

त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ ।

त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्