रामेछापको मन्थली नगरपालिका पूर्ण रूपमा सिल – Kanika Khabar
Friday, April 19Nepali News Portal

रामेछापको मन्थली नगरपालिका पूर्ण रूपमा सिल

    मा प्रकाशित

सचेत घिसिङ,
साउन ३०, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका शिल अर्थात् पूर्ण रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाका एक कर्मचारीलाई कोरना भाइरस (कोभिड १९) सङ्क्रमण देखिएसँगै नगरपालिका सिल गर्ने निर्णय गरेको हो ।
हिजो भएको परीक्षणमा रामेछापमा तीन जनामा कोरना पुष्टि भएको थियो । जसमध्ये एक जना मन्थली नगरपालिकाका कर्मचारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । उनका अनुसार नगरपालिकाका कर्मचारीसँग घुलमिल भएका सबैको ट्रेसिङ गर्नका लागि नगरपालिका सिल गरिएको हो । नगरपालिकाको सबै सेवा बन्द भएको छ । कोरना पुष्टि भएका कार्मचारीको सम्पर्कमा आएका सेवाग्राहीको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रशासनका कार्यालय मन्थलीले सूचना जारी गरेर जानकारी दिएको छ । यस्तै १४ दिनदेखि सेवा लिन आएका सेवाग्राहीलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न पनि जिल्ला प्रशासनले आह्वान गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्