हिमाल आरोहणका लागि ११०८ जनालाई अनुमति, एक अर्ब १८ करोड राजश्व संकलन – Kanika Khabar
Friday, May 8Nepali News Portal

हिमाल आरोहणका लागि ११०८ जनालाई अनुमति, एक अर्ब १८ करोड राजश्व संकलन

    मा प्रकाशित

काठमाडौँ  ।  पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ११०८ जनालाई अनुमति दिएको छ ।

विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे ७ सम्म ११०८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म २७० महिला र ८३८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४६८ जनाले अनुमति पाएका छन् ।

त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी चीनका १४१ जना, अमेरिकाका १३९ जना, भारतका ९२ जना, बेलायतका ७४ जना, रसियाका ६९ जना रहेको विभागले जनाएको छ  ।

पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने सगरमाथा आरोहणका लागि अहिलेसम्म ४६८ जनालाई अनुमति दिएको छ ।  त्यस्तै विभागले सगरमाथा आरोहणका लागि मे ७ सम्म १०१ महिला र ३६७ पुरुष गरि कुल ४६८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न चीनका २५ महिला र ७६ पुरुष गरि १०१ जनाले अनुमति लिएका छन् । त्यस्तै अमेरिकाका ८ महिला र ६० पुरुष गरि ६८७ जना, भारतका २५ महिला र ३३ पुरुष गरि ५८ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।

यी अनुमतिबाट एक अर्ब १८ करोड ९७ लाख ६ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्