रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल – Kanika Khabar
Tuesday, May 12Nepali News Portal

रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल

    मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन्  ।

साथै उनले रास्वपाको सफलता एआई र अल्गोरिदमको जादु, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको दाबि गरे ।

उनले भने- ‘प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’

साथै नेता थापाले नेपाली सेनाको आलोचना गर्दै आफ्नै परमाधिपतिको निवास जल्दा मौन रहेको सेना सुकुम्बासीको बस्तिमा किन गएको भन्दै प्रश्न गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्