मा प्रकाशित
बुटवल । अर्घाखाँचीको पाणिनि-८ दुर्गाफाँट कुँडुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि तत्काल जिल्ला अस्पताल सन्धिखर्क र पाल्पाको तानसेन पठाइएको र केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि तानसेन रिफर गरिएको प्रहरीले जनाएको छ ।


