गजल – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

गजल

    मा प्रकाशित

धेरै पटक जनतालाई छलछाम भयो।
सरकार किन सुबिधा पुर्णबिराम भयोरु

सिंगापुर र वाशिङ्गटन बनाउँछु भन्थ्यौ,
भन सरकार देशमा के के काम भयोरु

खुबै सुनियो रेल पानी जहाजका कुरा,
रेल आइपुग्यो कि केरुङमै जाम भयोरु

बाम आए त भोको नाङ्गो हुँदैन भन्थ्यौ,
उस्तै छ देश प्रचार किन तथानाम भयोरु

केही पाएनन् सत्तामा पुराउने जनताले,
किन जनता सधैं भर्याङ्को काम भयोरु

(नवराज खरेल
स्वर्गद्वारी प्यूठान।
हाल दाङ घोराही)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्