श्रीमानको कुटाइबाट रोल्पामा गर्भवती महिला गम्भीर घाइते – Kanika Khabar
Friday, March 28Nepali News Portal

श्रीमानको कुटाइबाट रोल्पामा गर्भवती महिला गम्भीर घाइते

    मा प्रकाशित

कनिका खबर
साउन ३१, रोल्पा ।

श्रीमानको कुटाइबाट रोल्पामा गर्भवती महिला गम्भीर घाइते भएकी छिन् ।

कुटाइबाट गर्भमा रहेको ८ महिनाको शिशु समेत खेर गएको छ । रुन्टिगढी गाउँपालिका वडा नम्बर ३ भरना निवासी १७ वर्षीया कुमारी बिक गम्भीर घाइते भएकी हुन् । ८ महिनाकी गर्भवती रहेकी उनलाई साउन २९ गते राति ११ बजे श्रीमानले मदिरा सेवन गरेर निर्बाध रुपमा कुटपिट गर्दै गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।

घटना घटेको भोलिपल्ट साउन ३० गते शिशु मृत अवस्थामा जन्मेको परिवारले जनाएको छ । कुटपिटबाट टाउको र शरीरमा गम्भीर चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारपछि थप उपचारका लागि दाङ लगिएको छ । कुटपिट गर्ने श्रीमान सोनु बिक प्रहरी नियन्त्रणमा छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्