ओलीको सरकारलाई चेतावनी : उत्तालिएर धेरै अगाडि नबढनुहोला – Kanika Khabar
Friday, June 12Nepali News Portal

ओलीको सरकारलाई चेतावनी : उत्तालिएर धेरै अगाडि नबढनुहोला

    मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् ।

एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राज्य र राज्य संयन्त्रमा बस्नेहरुलाई समय र परिस्थिति सधैं एकनासको नरहने बताउँदै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका हुन् । उनले भने- ‘राज्य संयन्त्र र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय परिस्थिति सधै एकैनासको रहदैन उत्ताउलिएर धेरै अगाडी नबढनु होला, राणा शासन ढले, पंचायती तानाशाही ढले, राजतन्त्र ढले, अनेकतन्त्रहरु गए, यो अराजकतन्त्र कति दिनको पाहुना हो ? यो लामो समय चल्न सक्दैन ।’

ओलीले राज्यलाई कतिपय कुरा मन नपरेपनि मन पर्नु नपर्नु बेग्लै कुरा भएको तर सत्य आफ्नो ठाउमा हुने बताए ।  उनले भदौ २३–२४ गतेको राष्ट्रयव्यापी आगजनी केहि होइन जस्तो गरेर पचाउने खोजिएको आरोप समेत लगाए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्