बाघसँग मोटरसाइकल ठोक्कियो, एक जना घाइते – Kanika Khabar
Friday, June 5Nepali News Portal

बाघसँग मोटरसाइकल ठोक्कियो, एक जना घाइते

    मा प्रकाशित

चितवन । चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा मोटरसाइकल बाघसँग ठोक्किँदा एक जना घाइते भएका छन् ।

माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका छन् ।

दुर्घटनामा कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्