मा प्रकाशित

दाङ, २३ जेठ । दाङ घोराही निवासी गरिमा चौधरीले १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्णसहित चार पदक जितेकी छिन्।
काठमाडौंस्थित दशरथ रंगशालामा जेठ २० गतेदेखि २३ सम्म भएको प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेकी चौधरीले छात्रातर्फ १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक जित्न सफल भइन्।
त्यसैगरी उनले ४×१०० मिटर रिले दौडमा रजत पदक प्राप्त गरिन् भने लङ जम्पमा काश्य पदक हासिल गर्दै प्रतियोगितामा कुल चार पदक आफ्नो नाममा दर्ज गरिन्।
घोराही उपमहानगरपालिका–१७ निवासी चौधरी हाल गुरुकुल एकेडेमी मा अध्ययनरत छिन्। राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा उनको सफलताले दाङसहित लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रमा उत्साह थपेको छ।



