देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ – Kanika Khabar
Monday, June 29Nepali News Portal

देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ

    मा प्रकाशित

काठमाडौं । यस वर्ष असार १२ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि बिभागले असार १२ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक गर्दै अहिलेसम्म ११.३३ प्रतिशत रोपाइँ भएको जानकारी दिएको हो । गतबर्ष अहिलेसम्म १५.६ प्रतिशत रोपाइँ भएको थियो ।

यसबर्ष पनि पहिला जस्तै सिँचाइको अभाव तथा रासायनिक मलको अभाव कायमै रहेको छ ।  कृषि विभागका अनुसार नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ८१ हजार ४८८ हेक्टर रहेको छ । जसमा हालसम्म एक लाख ८६ हजार ५८३ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशको हिसाबले सबै भन्दा बढी कर्णाली प्रदेशमा २२.८ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ  । त्यस्तै लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा ५ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशमा सुख्खा भएका कारण रोपाइँ हुन सकेको छैन । नेपालको अन्नको भण्डार मानिने मधेशमा समयमा रोपाइँ हुन नसक्दा यस बर्ष धानको उत्पादन घट्ने आशंका गरिएको छ । विभागका अनुसार मधेसमा ३ लाख ५३ हजार १५० हेक्टर धान रोपाइँ हुने क्षेत्र रहेकोमा केवल १९ हजार १५८ हेक्टरमा रोपाइँ गरेको छ ।

त्यस्तै बागमती प्रदेशमा १२.६ प्रतिशत, कोशी प्रदेशमा ८.३ प्रतिशत र गण्डकी प्रदेशमा १२.७  प्रतिशत रोपाइँ भएको छ । त्यस्तै सुदूरपश्चिममा ९.३ प्रतिशत रोपाइँ भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्