पाँच स्थानीय तह भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

पाँच स्थानीय तह भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

    मा प्रकाशित

काठमाडौं । देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको छ ।

भूमि समस्या समाधान समितिले सार्वजनिक गरेको सूचनाअनुसार समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।

समितिका अनुसार हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

सरकारले वर्षौंदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या अन्त्य गर्दै नागरिकलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले लालपुर्जा वितरण प्रक्रियालाई थप तीव्रता दिने जनाएको छ। यसका लागि सरल, सहज र छरितो प्रक्रियामार्फत देशभर भूमिसम्बन्धी समस्या समाधान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्