२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ८३ जना घाइते – Kanika Khabar
Saturday, July 11Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ८३ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३  जना, काठमाडौँमा २ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना र कर्णालीमा २ घाइते भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्