टेलिकमको प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्यालको पुनः बहाली – Kanika Khabar
Monday, July 13Nepali News Portal

टेलिकमको प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्यालको पुनः बहाली

    मा प्रकाशित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल पुनःबहाली भएकी छन् ।

प्रबन्ध निर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ साल असार २६ गतेदेखि उनको निलम्बन फुकुवा गरी पुनः नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा बहाली गरिएको हो ।

पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न आग्रह गरिन् । उनले विगतमा कर्मचारीमाथि लागेको आरोप र भ्रमको अन्त्य भई अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई निरन्तर सहयोग गर्ने सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गरिन् ।

सम्बोधनका क्रममा उनले कम्पनीमा आवश्यक सुधारका कामलाई अघि बढाउँदै आन्तरिक व्यवस्थापनसँगै बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल सरकारको नीति तथा निर्देशनअनुसार निष्पक्ष र जिम्मेवार ढङ्गले काम गर्दै नेपाल टेलिकमको जनविश्वास र बजार साख अझ बलियो बनाउने तथा सेवा प्रवाहलाई थप ग्राहक मैत्री बनाउने उनको भनाइ थियो ।

नेपाल टेलिकमले आफ्ना ग्राहक, सरोकारवाला र आम नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै कानुनी राज्यको मर्यादा कायम गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्