बागमती प्रदेशका उपसभामुख तामाङलाई कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

बागमती प्रदेशका उपसभामुख तामाङलाई कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं
बागमती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज दिउँसो हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार मकवानपुरमा उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो । तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेसनमा रहनुभएको उहाँका स्वकीय सचिव एलिशा थापाले जानकारी दिनुभयो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको थापाले बताउनुभयो । उहाँलाई सामन्य रुघाखोकी लागेपनि केहि समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्