सिरहाको लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु – Kanika Khabar
Thursday, July 30Nepali News Portal

सिरहाको लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

    मा प्रकाशित

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति–सुरक्षामा खलल पुग्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।

प्रशासनका अनुसार कर्फ्यु लहान नगरपालिकाको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ बाटिका होटल पश्चिमस्थित सरस्वती खोलासम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट ५०० मिटर आसपासको क्षेत्रमा लागू हुनेछ।

यो कर्फ्यु आदेश साउन १४ गते दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रभावकारी रहने जनाइएको छ ।

कर्फ्यु लागू भएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, सभा, बैठक, घेराउ वा नाराबाजी गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै आदेश उल्लङ्घन भएमा सुरक्षाकर्मीले आवश्यक चेतावनी दिएपछि कानुनबमोजिम बल प्रयोग गर्न सक्ने उल्लेख गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्