रुकुमपश्चिम सेवा समाज दाङको अध्यक्षमा भद्रबहादुर पुन – Kanika Khabar
Sunday, August 2Nepali News Portal

रुकुमपश्चिम सेवा समाज दाङको अध्यक्षमा भद्रबहादुर पुन

    मा प्रकाशित

घोराही, १६ साउन । रुकुमपश्चिम सेवा समाज दाङको अध्यक्षमा भद्रबहादुर पुन चयन हुनुभएको छ।

शनिबार घोराहीमा सम्पन्न समाजको प्रथम भेलाले पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवराज खत्री, लोकेन्द्र बिसी र निर्मला पुन, महासचिवमा धनमाया बोहरा, सचिवमा सोमलाल कामी तथा कोषाध्यक्षमा हिरा ओली चयन हुनुभएको छ।

समितिका सदस्यहरू पालिकागत प्रतिनिधित्वका आधारमा चयन गरिएको छ। जसअनुसार मुसिकोटबाट दीपक बिष्ट, नरेन्द्र विक र गोविन्द बिष्ट, चौरजहारीबाट कमला केसी, पुष्पा ओली बिष्ट र विष्णु ओली, तथा सानीभेरीबाट बीपी रावत, भूमिधर सिंह र अमृत खत्री चयन हुनुभएको छ।

त्यसैगरी आठबीसकोटबाट मनबहादुर शाही, धीरजकुमार केसी र रीता बुढाथोकी, त्रिवेणीबाट चन्द्र गौतम, राधिका बाँठा घर्ती र विकास ओली, तथा बाफीकोटबाट विकास मल्ल, बसन्त नाथ, हिरा ओली कुसारी र जनक पुन सदस्य चयन हुनुभएको छ।
भेला आयोजक समितिका संयोजक शशिराम कुसारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सन्चालन बिष्णु ओलीले गर्नुभएको थियो भने विभिन्न व्यक्तिले शुभकामना दिनुभएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्