दाङको घोराहीमा बस्ती आतङ्कित बनाएको भैंसी नियन्त्रणमा – Kanika Khabar
Sunday, August 2Nepali News Portal

दाङको घोराहीमा बस्ती आतङ्कित बनाएको भैंसी नियन्त्रणमा

    मा प्रकाशित
तस्बिर नरेन्द्र केसी

घोराही। एउटा भैँसीले आइतबार दिनभर घोराही उपमहानगरपालिका–१८ का नवलपुर, पालदमार, सालघारी, अम्बापुरलगायतका बस्तीलाई त्रसित बनायो। मासु व्यवसायीले खरिद गरेर ल्याएको भैँसी खोरमा राख्ने क्रममा फुत्किएर मानव बस्तीमा पसेपछि स्थानीयमा त्रास फैलिएको हो।

भैँसीको आक्रमणबाट सर्वसाधारण घाइते हुन थालेपछि स्थानीयवासी घरबाहिर निस्कनसमेत सशंकित बने। भैँसीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, मासु व्यवसायी र स्थानीयवासी दिनभर खटिए। बस्तीभरि दौडधुप, खोजी र नियन्त्रणको प्रयास चलिरहँदा नवलपुर, पालदमार, सालघारी र अम्बापुर क्षेत्र दिनभर तनावग्रस्त बने।

अन्ततः आइतबार साँझ स्थानीयको सुझबुझ, व्यवसायीको अनुभव र सुरक्षाकर्मीको समन्वयमा भैँसीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएपछि मात्रै स्थानीयले राहतको सास फेर्न पाए। पाँच दिनदेखि जारी त्रासको अन्त्यसँगै प्रभावित क्षेत्रमा जनजीवन पुनः सामान्य बन्न थालेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्