ब्रोड पिक हिमपहिरो: निम्सदाइसहित चार आरोहीको शव शिविरतर्फ ल्याइदै – Kanika Khabar
Sunday, August 2Nepali News Portal

ब्रोड पिक हिमपहिरो: निम्सदाइसहित चार आरोहीको शव शिविरतर्फ ल्याइदै

    मा प्रकाशित

काठमाडौँ । पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानले ब्रोड पिक हिमालमा भएको हालैको दुःखद दुर्घटनामा ज्यान गुमाएका चार आरोहीको शव सफलतापूर्वक उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका शवहरू हाल पहिलो शिविर (क्याम्प–१) बाट तल्लो शिविरतर्फ ल्याउने कार्य भइरहेको क्लबले जनाएको छ ।

पछिल्लो विवरणअनुसार उद्धार गरिएका आरोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ), वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा (किलु) रहेका छन् ।

उद्धार टोलीले अत्यन्त कठिन उच्च हिमाली परिस्थितिमा शवहरू सुरक्षित रूपमा प्याक गरी पहिलो शिविरबाट तल झार्ने कार्य सुरु गरेको जनाएको छ ।

उद्धार अधिकारीहरूका अनुसार ब्रोड पिकको अझै निकै माथिल्लो भागमा अर्को एक शव बाँकी रहेको छ । तर अत्यन्त जोखिमपूर्ण भू–भाग, प्रतिकूल मौसम तथा उद्धारमा रहेका जोखिमका कारण उक्त शव उद्धार गर्ने प्रयास तत्काल सम्भावना नरहेको जनाइएको छ ।

अल्पाइन क्लब अफ पाकिस्तानले संसारकै सबैभन्दा कठिन हिमाली वातावरणमध्ये एकमा सञ्चालन गरिएको यस उद्धार अभियानमा संलग्न पाकिस्तानी र नेपाली उद्धार टोलीले देखाएको साहस, व्यावसायिक दक्षता र समर्पणको उच्च प्रशंसा गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्