भक्तपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

भक्तपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

    मा प्रकाशित

कनिका खबर
भदौ २, भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिकाको सुडालमा मृत अवस्था भेटिएकी महिलाको पहिचान खुलेको छ । चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित मुलसाँगु खोलामा मृत अवस्थामा फेला परेकी ३२ वर्षकी काली भन्ने यशोदा सिजखु रहेको प्रहरीले जानकारी दिएको छ । भक्तपुर नगरपालिका–६ याछे, सुकुलढोका घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बस्ने दशराम सिजखुकी श्रीमती रहेको खुलेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार मुलसाँगु खोलाको किनारमा भएको बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलामा बनाएको स्ल्याबमा चिप्लिएर खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट पठाइ घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी गिरीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्